यू–१९ प्रिमियर कपको उपाधि लक्ष्य गर्दै नेपाल आज यूएईसँग निर्णायक भिडन्तमा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १५

यूएई, अजमान— एसिसी पुरुष यू–१९ प्रिमियर कपको उपाधि जित्ने लक्ष्यसहित नेपाल आज आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध मैदान उत्रदैछ। फाइनल खेल बिहान १०:३० बजे अजमानको करवान ग्राउन्डमा तय गरिएको छ।

नेपालले सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पाखा लगाउँदै उपाधिमै नजर लगाएको हो। यता यूएईले ओमानलाई ८ विकेटले हराउँदै फाइनल स्थान सुरक्षित गरेको छ। दुवै टोली यसअघि नै यू–१९ एसिया कपका लागि छनोट भइसकेका छन्।

प्रतियोगिताको व्यवस्था अनुसार फाइनलमा प्रवेश गर्ने दुवै टोली सिधैँ एसिया कपमा छनोट हुन्छन्। सेमिफाइनलमा पराजित मलेसिया र ओमानबीच तेस्रो स्थानका लागि आजै प्रतिस्पर्धा हुँदैछ, जहाँ जित हात पार्ने टोलीले समेत एसिया कप खेल्ने अवसर पाउनेछ।

१४ टोली सहभागी यो प्रतियोगिताको यू–१९ एसिया कप यही डिसेम्बरमा यूएईमै आयोजना हुने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *