काठमाण्डौँ । मंगलबार सेयर बजारको परिसूचक नेप्से ५.३२ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २६५५ अंकमा कायम भएको छ । यो सहित ३ दिनदेखि बजार निरन्तर बढेको छ ।
नेप्से बढे पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ७ अर्ब ३ करोडको कारोबार भएकोमा आज ५ अर्ब ८२ करोडको भयो ।
१२२ कम्पनीको मूल्य बढ्दा १२५ को घट्यो भने १० को स्थिर रह्यो । दिनभर बजार सामान्य उतारचढामा रहे पनि अन्ततः बढेर बन्द भएको छ ।
समूहगत सूचकमा मिश्रित प्रतिक्रिया देखिएको छ । होटल तथा पर्यटन सबैभन्दा धेरै १.४ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.१९, फाइनान्स ०.०२, हाइड्रोपावर ०.१९, लगानी ०.२३, उत्पादन तथा प्रशोधन १.३०, माइक्रोफाइनान्स ०.०४, निर्जीवन बीमा ०.६५ र अन्य ०.४९ प्रतिशत बढे ।
व्यापार १।३३, जीवन बीमा ०।३० तथा विकास बैंक ०.२४ प्रतिशत घटे । तीन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढ्नेमा झापा इनर्जी, सागर डिस्टिलरी र श्रीनगर एग्रिटेक कम्पनी छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्