|
२०८२ मंसिर ९
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै विशेष मौसमी प्रणाली सक्रिय छैन। देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिएको छ भने अन्य अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहेको छ। लुम्बिनी प्रदेशका केही स्थानहरूमा भने हुस्सु र तुवाँलो परेको जानकारी महाशाखाले दिएको छ।
आज दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रहरूमा आंशिक बादल रहने अनुमान गरिएको छ, जबकि बाँकी स्थानहरूमा मौसम खुला रहनेछ।
यस्तै, आज राति देशभर मौसम आमरुपमा सफै रहने महाशाखाले जनाएको छ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्