जेनजी आन्दोलनपछि बाराका प्रहरी प्रमुख परिवर्तन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ६

काठमाडौँ । सिमरामा जेनजी समूह र प्रहरीबीच उत्पन्न तनावले व्यापक चासो पैदा गरेको छ। यही घटनाक्रमपछि प्रहरी प्रधान कार्यालयले बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङलाई हटाउँदै नयाँ प्रहरी प्रमुखको रूपमा मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत एसपी नरेन्द्र कुँवरलाई खटाउने निर्णय गरेको छ।

जेनजी समूहले लामो समयदेखि एसपी तामाङको सरुवाको माग गर्दै आएको थियो। बुधबार एमाले कार्यकर्ताहरूले जेनजी युवामाथि गरेको हातपात र त्यसक्रममा प्रहरीले बल प्रयोग गरेको आरोपले वातावरण थप तातेको थियो। घटना सार्वजनिक बन्दै जाँदा स्थानीयवासी र जेनजी समूहले असन्तोष प्रकट गरेका थिए।

यसैबीच, शुक्रबार जेनजी प्रतिनिधि र स्थानीय प्रशासनबीच भएको वार्तामा मौखिक सहमति जुटेको जनाइएको छ। सहमति पश्चात् सिमराको अवस्था क्रमशः सामान्य बन्दै गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *