ललितपुरको बालकुमारीमा जिपको ठक्करबाट एक महिलाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
मंसिर ५, २०८२

काठमाण्डौँ । ललितपुरको बालकुमारीस्थित सडकमा जिपको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको
छ ।

ललितपुर महानगरपालिका ९ बालकुमारीस्थित सडकमा बागमती प्रदेश ०१-००३ क ५९३१ नम्बरको जिपको ठक्करबाट पैदलयात्री ललितपुर इमाडोल बस्ने कास्की घर भएकी ४५ वर्षीया नन्दु खवासको शुक्रबार बिहान मृत्यु भएको छ ।

जिपको ठक्करबाट गम्भीर घाइते भएकी उनको बीएन्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

जिप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *