सिमरामा सुरु भएको तनाव अझै साम्य नभएपछि सिंहदरबारमा सुरक्षा परिषद् बैठक जारी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ४

काठमाण्डौँ । बुधबारदेखि बाराको सिमरा क्षेत्रमा सुरु भएको तनाव अझै साम्य नभएपछि प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको राष्ट्रिय सुरक्षा परिषद् बैठक जारी छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बिहीबार बैठक बसिरहेको हो । एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत कार्यक्रममा सहभागी हुन बुधबार बारा जाने कार्यक्रम थियो ।

एमालेसँगको विवादका कारण सिमरास्थित विमानस्थलमा हिजो जेनजी युवाहरूले तोडफोड गरेका थिए ।त्यसपछि त्यहाँ कर्फ्यु आदेश जारी भएको छ । त्यो कर्फ्यु बिहीबार राति ८ बजेसम्मका लागि लम्ब्याइएको छ । हिजोदेखि सुरु तनाव नरोकिएपछि आज पुनः कर्फ्यु जारी गरिएको हो ।

यसअघि गत शुक्रबार बसेको राष्ट्रिय सुरक्षा समिति बैठकले निर्वाचनमा सेना परिचालनका लागि रक्षा मन्त्रालयमा लेखि पठाउने निर्णय गरेको थियो ।

क्

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *