एनआरएन इन्फ्रास्ट्रक्चरले विभिन्न कम्पनीमा रहेको पौने १६ लाख कित्ता शेयर बेच्दै

DaksuMedia दाक्सु मिडिया
|
मंसिर ४, २०८२

काठमाण्डौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले विभिन्न कम्पनीमा आफ्नो नाममा रहेको पौने १६ लाख बढी कित्ता शेयर बिक्री गर्ने भएको छ।

नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि एनआरएन इन्फ्रास्ट्रक्चरले ९ वटा अन्य कम्पनीमा रहेको आफ्नो १५ लाख ७७ हजार १६ कित्ता शेयर बिक्री गर्ने भएको हो। कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले ती शेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरेको छ।

कम्पनीले आफ्ना नाममा रहेको प्रभु महालक्ष्मी लाइफको ५ लाख ९४ हजार कित्ता, कुमारी बैंकको ५ लाख ३० हजार कित्ता, नेसनल फन्ड म्यानेजमेन्टको २ लाख २५ हजार कित्ता र नेसनल माइक्रोफाइनान्सको १ लाख ७ हजार ४८४ कित्ता संस्थापक शेयर बिक्री गर्नेछ ।

यसैगरी कम्पनीको नाममा रहेको मेरो माइक्रोफाइनान्सको ७८ हजार २०९ कित्ता संस्थापक शेयर र २८ हजार २१५ कित्ता साधारण शेयर, नेरुडे मिर्मिरे लघुवित्तको ७४ हजार १०६ कित्ता, एचआईडीसीएलको ४० हजार १ कित्ता संस्थापक शेयर र नेसनल लाइफ इन्स्योरेन्सको १ कित्ता साधारण शेयर पनि बिक्रीमा राखिने भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *