काठमाडौँ । कान्ति बाल अस्पतालले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि स्वीकृत अस्थायी दरबन्दीअनुसार ४२ जना कर्मचारी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ। अस्पतालले प्रकाशित सूचनाअनुसार आठौँ तहका २४ जना मेडिकल अधिकृत, एक जना बायोमेडिकल इन्जिनियर र पाँचौँ तहका १७ जना स्टाफ नर्स पदका लागि आवेदन मागिएको हो।
इच्छुक नेपाली नागरिकले मङ्सिर ४ गतेदेखि मङ्सिर १८ गतेसम्म कार्यालय समयभित्र दरखास्त बुझाउन सक्नेछन्। दरखास्त फाराम अस्पतालको वेबसाइट वा अस्पतालमै उपलब्ध हुनेछ। मेडिकल अधिकृत तथा बायोमेडिकल इन्जिनियरका लागि १,२०० रुपैयाँ र स्टाफ नर्सका लागि ७०० रुपैयाँ दस्तुर तोकिएको छ।
आवेदकले आवश्यक शैक्षिक प्रमाणपत्र, नागरिकता, सम्बन्धित काउन्सिल दर्ता प्रमाणपत्र (वा विदेश अध्ययनका लागि समकक्षता) स्वप्रमाणित प्रतिलिपीसहित पेस गर्नुपर्नेछ। छनोट प्रक्रिया लिखित परीक्षा र अन्तर्वार्ताबाट हुनेछ।



दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्