|
२०८२ मंसिर ३
काठमाण्डौँ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २ गतेदेखि कात्तिक ९ गतेसम्म निष्कासन गरी बाँडफाँड गर्दा बाँकी बसेको ६ लाख २१ हजार ६०६ कित्ता शेयर बिक्रीमा राखेको छ।
बैंकले संस्थापक समूहतर्फको ६ लाख ३ हजार १६२ कित्ता र सर्वसाधारण समूहतर्फको १८ हजार ४ सय ४४ कित्ता अवितरित हकप्रद शेयर सबैले किन्न पाउने गरी लिलाम प्रक्रिया मार्फत् बिक्रीमा राखेको हो ।
बैंकले यी शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको छ। शेयर किन्नका लागि बोलपत्र पेश गर्दा कम्तीमा १०० कित्ताका लागि र बढीमा सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ। बोलपत्र यही मंसिर ११ गतेदेखि २५ गतेभित्र बुझाउनु पर्नेछ ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्