|
२०८२ मंसिर ३
काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दैछ । बनस्थलीस्थित केन्द्रीय कार्यालयमा आज (बुधबार) दिउँसो २ बजे बैठक बस्ने भएको हो ।
बैठकका लागि १० वटा कार्यसूचीहरू तय गरिएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । उनका अनुसार बैठकमा सभापति रवि लामिछानेको मुद्दाको कानुनी अवस्थाको जानकारीसमेत गरी समसामयिक राजनीति, संवाद एवं सहकार्यका पहलबारे छलफल हुने छ ।
यस्तै केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा, विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन परिमार्जनसहित पारित गरेर वाचापत्र कार्यदल विस्तार गरिने कार्यसूची रहेको रास्वपाले जनाएको छ ।
बैठकले आगामी निर्वाचनसम्म दैनिक मिडिया अध्ययन एवं विश्लेषण गरेर केन्द्रीय तहमा नियमित ब्रिफिङ गर्ने गरी मिडिया अध्ययन कार्यदल गठन गर्ने जनाएको छ ।
दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्