महिला कबड्डी विश्वकपमा नेपालको उत्कृष्ट सुरुवात

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २

काठमाडौं ।  बंगलादेशको ढाकामा सुरु भएको महिला कबड्डी विश्वकप–२०८२ मा नेपालले शानदार विजयी सुरुवात गरेको छ।
पुल ‘बी’ मा रहेका नेपालले सोमबार भएको प्रतियोगिताको पहिलो खेलमा जन्जिबारलाई ५८–१६ को फराकिलो अन्तरले पराजित गर्न सफल भएको हो।

उक्त समूहका अन्य खेलमा इरानले पोल्याण्डलाई ५५–११ ले तथा चाइनिज ताइपेईले केन्यालाई ३८–१५ ले पराजित गरेका छन्।

पुल ‘ए’ तर्फ आयोजक बंगलादेशले युगान्डालाई ४२–२२ ले हराउँदै जितसँगै प्रतियोगिताको सुरुवात गरेको छ।

यस वर्षको महिला कबड्डी विश्वकपमा ११ टोली सहभागी छन्, जसलाई दुई समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्। नेपालले सेमिफाइनल यात्रा सुनिश्चित गर्ने लक्ष्य राखेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *