नेपाल टेलिकमको पहिलो त्रैमासिक नाफामा गिरावट

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा नेपाल टेलिकमको आय र नाफा दुवै घटेको देखिएको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कुल सञ्चालन आय ८ अर्ब ६७ करोड ९५ लाख रुपैयाँमा सीमित रह्यो भने कुल आय ९ अर्ब ४७ करोड १० लाख रुपैयाँमा झर्दै ५९ करोड २६ लाख रुपैयाँले कमी आएको छ।

आय घटेसँगै करअघिको आम्दानी १२.२९ प्रतिशतले घटेर ४ अर्ब ७५ करोड ४ लाख रुपैयाँमा पुगेको छ। करपछि नाफा १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ मात्र रह्यो, जुन अघिल्लो वर्षको तुलनामा ४१ करोड ४४ लाख रुपैयाँ कम हो। प्रति शेयर आम्दानी पनि घटेर २९ रुपैयाँ ४५ पैसा पुगेको छ।

ओटीटी सेवाको बढ्दो उपयोगले अन्तरदेशीय कलमा कमी आएको, बैंकिङ ब्याजदर घट्दा ब्याज आम्दानी घटेको तथा कर्मचारी खर्च बढेको कारण नाफा घटेको टेलिकमले जनाएको छ। कम्पनीले दुर्गम क्षेत्रमा सेवा विस्तारका कारण लागत बढेको पनि उल्लेख गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *