|
२०८२ कार्तिक २४
कात्तिक २४ । मधेस प्रदेशका नयाँ मुख्यमन्त्री सरोजकुमार यादवले असामान्य ढंगले होटलमै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
आइतबार अबेर राति प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले यादवलाई मुख्यमन्त्री नियुक्त गर्दै सिन्धुली र महोत्तरीको सिमानामा पर्ने एउटा होटलमा शपथ ग्रहण गराएकी हुन्।
यसअघि शनिबार निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएका थिए। त्यसपछि ठूलो दलको हैसियतमा एमालेका यादवलाई प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्