कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशन गर्ने तयारी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २३

काठमाण्डौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा आज प्रकाशित गर्ने तयारी गरेको छ ।

बोर्ड स्रोतका अनुसार दिउँसो ४ बजेपछि नतिजा प्रकाशित गर्ने तयारी छ।

‘टेक्निकल समस्या भएन भने आज नतिजा प्रकाशित हुन्छ,’ बोर्ड स्रोतले जनाएको छ । पूरक परीक्षा गत असोज ७ र ८ गते भएको थियो ।

गत ११ सानउनमा प्रकाशित भएको नियमित नतिजामा ६१.१७ विद्यार्थी ग्रेडेड भएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *