|
२०८२ आश्विन ३१
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को पुराना आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले असोज ३१ गते शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै नतिजा सार्वजनिक भएको जानकारी दिएको हो।
बोर्डका अनुसार पुराना आंशिक परीक्षामा सहभागी ९ हजार ९३४ विद्यार्थीमध्ये ५ हजार ९१६ जना उत्तीर्ण भएका छन्। ग्रेड वृद्धि परीक्षामा सहभागी ४ हजार ९७६ जनामध्ये ३ हजार ५४० जना उत्तीर्ण भएका छन्।
जम्मा १३ हजार ९१० विद्यार्थी सहभागी भएका परीक्षामा ९ हजार ४५६ जना उत्तीर्ण भएका छन् भने २ जनाको परीक्षा रद्द गरिएको छ।
नतिजा हेर्ने तरिका:
- राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट
👉 www.neb.gov.np मा गएर नतिजा हेर्न सकिन्छ। - नेपाल टेलिकमको वेबसाइट
👉 www.nepaltelecom.com.np मा पनि नतिजा उपलब्ध छ। - एसएमएसबाट हेर्ने
- मोबाइलको म्यासेजमा गएर NEB [space] Symbol Number टाइप गर्नुहोस्
उदाहरण:NEB 12345678 - त्यसपछि 1600 मा पठाउनुहोस्।
- मोबाइलको म्यासेजमा गएर NEB [space] Symbol Number टाइप गर्नुहोस्
- डायल गरेर हेर्ने
- मोबाइलबाट 1600 डायल गरी निर्देशनअनुसार नतिजा थाहा पाउन सकिन्छ।
- वा, *1601# डायल गरेर पनि नतिजा हेर्न सकिन्छ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्