|
२०८२ कार्तिक २०
काठमाण्डौँ । बिहीबार सेयर बजारको परिसूचक नेप्से २५९६ अंकमा झरेको छ ।
अघिल्लो दिन २६०७ अंकमा रहेको बजारको परिसूचक नेप्से आज ११.२९ अंक घटेको हो । कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४१ करोडको भयो ।
७७ कम्पनीको मूल्य बढ्दा १६५ को घट्यो भने ९ को स्थिर रह्यो । सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो ।
बैंकिङ ०.४३, विकास बैंक ०.५४, फाइनान्स ०.१७, होटल तथा पर्यटन ०.२५, जलविद्युत् ०.६८, लगानी ०.११, जीवन बीमा ०.५७, माइक्रोफाइनान्स ०.१३, निर्जीवन बीमा ०.९९, अन्य ०.६२ तथा व्यापार ०.२१ प्रतिशत घटे । उत्पादन तथा प्रशोधन समूह ०.१२ प्रतिशत बढ्यो ।
दरामखोला हाइड्रोपावर र माबिलुङ इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । यी दुबै कम्पनी हालै सूचीकृत भइ कारोबारमा आएका हुन् ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्