विप्लव नेतृत्वको नेकपाले आज काठमाण्डौंमा प्रदर्शन गर्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २०

काठमाण्डौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आज काठमाण्डौंमा प्रदर्शन र सभा गर्दैछ ।

जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टीको धारणा आम जनतामाझ पुर्‍याउने उद्देश्यले सभा गर्न लागिएको नेकपाले जनाएको छ ।

दिउँसो १ बजे भृकुटीमण्डमा आयोजना हुने सभालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने छन् ।

यस्तै, सभा अगाडि र्‍याली निकाल्ने योजना नेकपाको छ । सभामा काठमाडौं उपत्यका र आसपासका जिल्लाबाट कार्यकर्ताहरुलाई उतार्ने तयारी छ । १० हजार बढीको संख्यामा कार्यकर्ता उतार्ने दाबी उनीहरुको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *