निर्वाचन आयोगमा १२५ दल दर्ता, १७ दल दर्ता प्रक्रियामा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १८

काठमाडौं — आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगमा हालसम्म १२५ राजनीतिक दल दर्ता भइसकेका छन् भने १७ दल दर्ता प्रक्रियामा छन्। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार दल दर्ताको चाप बढ्दै गएको छ।

जेनजी आन्दोलनपछि नयाँ पुस्ताका नेताहरू पनि राजनीतिक प्रतिस्पर्धामा उत्रन नयाँ दल खोलेका छन्। पछिल्लो समयमा धरानका प्रमुख हर्कराज राईको श्रम संस्कृति पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी (विभाजनबाट)जनस्वराज पार्टी दर्ता भएका छन्।

त्यस्तै, वीरेन्द्र बस्नेत नेतृत्वको गतिशील लोकतान्त्रिक पार्टी, नेत्रविक्रम चन्द (विप्लव)को कम्युनिस्ट पार्टी नेपाल, रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी नेपाल, र पूर्वराजदूत नवराज सुवेदीको नवयुग पार्टी लगायतका दलहरूको निवेदन आयोगमा विचाराधीन छन्।

आयोगका अनुसार आगामी २१ फागुनमा हुने निर्वाचनमा भाग लिन चाहने दलहरूले १० मंसिरभित्र दर्ता गराइसक्नुपर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *