एनआइसी एशिया बैंकको सीइओमा सुजित कुमार शाक्य नियुक्त

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १७

काठमाण्डौँ । एनआइसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सुजित कुमार शाक्य नियुक्त भएका छन् ।

सोमबार बसेको बैंकको सञ्चालक समितिको बैठकले शाक्यलाई आगामी चार वर्षका लागि सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनले पदभार ग्रहण गरेसँगै बैंकको सेवा विस्तार, डिजिटल बैंकिङ सुदृढीकरण तथा संस्थागत सुशासनमा थप सुधार ल्याउने अपेक्षा गरिएको छ । बैंकका अनुसार शाक्यले ३० दिनभित्र आफ्नो पदको कार्यभार सम्हाल्नेछन् ।

शाक्य वित्तीय क्षेत्रका अनुभवी व्यक्तित्व मानिन्छन्। उनी यसअघि पनि बैंकिङ क्षेत्रमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *