|
२०८२ कार्तिक १६
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टी एकताका लागि अब ढिला गर्न नहुने निष्कर्ष निकालेको छ। शनिबार बसेको सचिवालय बैठकले एकताका सैद्धान्तिक र नीतिगत विषयहरू करिब टुंगिएको र अब संगठनात्मक पक्ष बाँकी रहेको जनाएको छ।
माओवादी केन्द्र अहिले नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (महेन्द्र राय यादव पक्ष), प्रेम बहादुर सिंह, राजु कार्की, सुवास काफ्ले र चीरन सी नेतृत्वका समूहहरूसँग एकता प्रयासमा छ।
प्रवक्ता अग्नि सापकोटाका अनुसार एकता ढिलो भए राष्ट्रिय राजनीतिमा माओवादीको पहल कमजोर हुने भन्दै चाँडो निष्कर्षमा पुग्ने तयारी भइरहेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि “हप्ता दिनभित्र एकता टुंगिन्छ” भन्ने विश्वास व्यक्त गरेका छन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्