दुई बस र ट्रक ठोक्किँदा ३३ जना

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक १४, २०८२

१४ कात्तिक, चितवन । चितवनको भरतपुर–९ टिकौली जंगलमा गएराति दुईवटा यात्रुबस र एउटा ट्रक आपसमा ठोक्किँदा ३३ जना घाइते भएका छन्। तीमध्ये ८ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

इँट्टा लोड गरेर पार्किङ गरिएको ट्रकमा गौरबाट काठमाडौं जाँदै गरेको डल्फिन यात्रुबस ठोक्किँदा पछाडिबाट अर्को रुद्राक्ष यात्रुबस पनि सोही बसमा ठोक्किएको थियो। दुर्घटनामा परेका घाइतेहरूलाई सशस्त्र प्रहरीले उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाएको छ।

चितवन मेडिकल कलेजमा १५ जना, नेशनल सिटी अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा ५ जनाको उपचार भइरहेको छ।
रुद्राक्ष बसका चालक धनुषाका कृष्ण मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

क्रेनको सहायताले बस हटाइएपछि बिहान करिब ३ बजेबाट सडक एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *