|
२०८२ कार्तिक ९
काठमाडाैँ । गृहमन्त्री ओमप्रकाश अर्याल भोलि (सोमबार) मधेस प्रदेशको भ्रमणमा जाने भएका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाबारे जानकारी लिन उनले दुई दिन मधेसमा बस्नेछन्।
मन्त्री अर्यालसँग उद्योग तथा कानुनमन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र गृह सचिव रामेश्वर दंगाल पनि सहभागी हुनेछन्।
भ्रमणका क्रममा उनी सुरक्षा निकाय र सरकारी कार्यालयका प्रमुखहरूसँग अन्तरक्रिया गर्ने र छठसम्बन्धी कार्यक्रममा समेत सहभागी हुने कार्यक्रम रहेको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्
1 Comments
Franklin1100
October 26, 2025https://shorturl.fm/QEv9P