नर्सहरूले कालोपट्टी बाँधेर काम गर्ने

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक ४, २०८२

काठमाडौं — नेपाल नर्सिङ संघले निजी तथा सरकारी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूले आजदेखि कालोपट्टी बाँधेर काम गर्ने निर्णय गरेको छ। संघले न्यूनतम तलब र पेसागत हकहितसम्बन्धी विभिन्न माग राख्दै आन्दोलनलाई निरन्तरता दिने जनाएको छ।

संघका अनुसार कात्तिक ४ देखि ११ गतेसम्म देशभरिका अस्पताल तथा स्वास्थ्य शैक्षिक संस्थाहरूमा कालोपट्टी बाँधेर काम गरिनेछ। त्यसपछि १२ देखि १८ गतेसम्म बिहान १० बजेदेखि १२ बजेसम्म अत्यावश्यक सेवाबाहेकका नर्सिङ सेवा बन्द गरिने योजना छ।

नेपाल नर्सिङ संघले स्वास्थ्य मन्त्रालयको पहलमा गठन गरिएको कार्यदलको प्रतिवेदनपछि थप कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ। संघले यस आन्दोलनका कारण पर्न सक्ने स्वास्थ्य सेवा असुविधाप्रति सर्वसाधरणसँग क्षमा याचना गरेको छ र आन्दोलनबाट उत्पन्न समस्या सरकार तथा सरोकारवालाले जिम्मा लिनुपर्ने पनि बताएको छ।

संघले वैशाख २५ गते मन्त्रालयमा ज्ञापनपत्र पेश गरेर माग राखेको थियो भने असोज ३१ मा पहिलोपटक सरोकारवालासँग छलफल भएको थियो। कात्तिक २ गते सम्पन्न बैठकमा १५ बुँदे मागसहित आन्दोलनको चरणबद्ध कार्यक्रम घोषणा गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *