श्रीमतीको ढुंगा प्रहारबाट श्रीमानको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ४

काभ्रेपलाञ्चोक ।  सिन्धुलीको कमलामाई नगरपालिका–६ पानीटंकीमा घरायसी विवादका क्रममा श्रीमतीले ढुंगा प्रहार गर्दा श्रीमानको मृत्यु भएको छ।

कात्तिक १ गते राधिका वाइबाले ५५ वर्षीय श्रीमान बुद्धसिं वाइबालाई ढुंगाले टाउकोमा प्रहार गरेकी थिइन्।

गम्भीर घाइते वाइबालाई बाँसबारी न्युरो अस्पतालसम्म लगिएको थियो, तर उपचार सम्भव नभएपछि घर फर्काइयो।

मंगलबार बिहान सिराहाको कर्जन्हा नगरपालिका–५ ससुरालीमा मृत्यु भएको हो।

प्रहरीको अनुसार आरोपी राधिकालाई नियन्त्रणमा लिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *