आइतबार १६ अंक बढ्यो सेयर बजार

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २

काठमाण्डौँ । तिहारअघिको सेयर बजार १६. ६७ अंक बढेको छ ।

सो अंकको वृछिपछि आइतबार नेप्से परिसूचक २५०३ अंकमा कायम भएको छ । नेप्से बढे पनि कारोबार रकम घटेको छ । गत बिहीबार ३ अर्ब २७ करोडको कारोबार भएकोमा आज जम्मा २ अर्ब ७९ करोडको भयो ।

१६३ कम्पनीको मूल्य बढ्दा ७८ को घट्यो भने ८ को स्थिर रह्यो । अधिकांश सेक्टरका सूचक बढेका छन् । बैंकिङ ०.८७, फाइनान्स ०.५१, होटल तथा पर्यटन ०.७२, हाइड्रोपावर ०.७०, लगानी ०.७५, जीवन बीमा ०.३३, उत्पादन तथा प्रशोधन ०.९०, माइक्रोफाइनान्स ०.४७, अन्य १.१६ तथा व्यापार ०.९० प्रतिशत बढे । विकास बैंक ०.२१ र निर्जीवन बीमा समूह ०.३४ प्रतिशत घटे ।

आत्मनिर्भर लघुवित्त र हिमालयन पावर पार्टनरको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै भगवती हाइड्रोपावरको ९.८८, एसियन हाइड्रोपावरको ७.८० तथा अभियान लघुवित्तको ६.०१ प्रतिशत मूल्य बढ्यो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *