
काठमाण्डौँ । साताको अन्तिम कारोबार दिन सेयर बजार ४१.४३ अंक बढेको छ ।
सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६६३ मा कायम भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ ।
अघिल्लो दिन ४ अर्ब २० करोडको कारोबार भएकोमा आज ५ अर्ब २२ करोडको भयो । २ सय २७ कम्पनीको मूल्य बढ्दा १६ को घट्यो । सबै सेक्टरका सूचक बढेका छन् ।
व्यापार सेक्टर सबैभन्दा धेरै ६ प्रतिशत बढ्यो । बैंकिङ ०.९०, विकास बैंक १.१०, फाइनान्स १.३०, होटल तथा पर्यटन ०.४४, हाइड्रोपावर १.०९, लगानी २.२०, जीवन बीमा १.७१, उत्पादन ०.९२, माइक्रोफाइनान्स २.२२, निर्जीवन बीमा ०.८५, अन्य १.७४ प्रतिशत बढेको छ ।
गुराँस लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । सिर्जनशील लघुवित्तको ९.९, सपोर्ट माइक्रोफाइनान्सको ८.५, अभियान लघुवित्तको ७.६ तथा मानुषी लघुवित्तको ७.२ प्रतिशत बढ्यो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया