पोर्चुगलमा नेपाली युवा बेपत्ता

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २

पोर्चुगल | वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल गएका तनहुँ भानु नगरपालिका–९, पिपलपानी निवासी ३४ वर्षीय जितेन्द्र पाण्डे एक सातादेखि सम्पर्कविहीन भएका छन्। पाण्डे राजधानी लिस्बन नजिकैको सिन्ट्रा क्षेत्रबाट गत साता सोमबारदेखि बेपत्ता भएको उनका साथीसँग प्राप्त जानकारीमा उल्लेख छ।

बेपत्ताअघि आइतबार राति एकजना साथीको फोन आएको भन्दै घरबाट बाहिर निस्किएका पाण्डे त्यसपछि सम्पर्कमा आउन सकेका छैनन्। उनका कोठामा रेसिडेन्सी कार्ड, बैंक कार्ड, राहदानीलगायतका सबै व्यक्तिगत सामग्री यथास्थानमा फेला परेका छन्।

पाण्डेका साथीसहित कम्पनीका सहकर्मीहरूले खोजी थालेपनि सफल नभएपछि मंगलबार नै स्थानीय प्रहरीमा औपचारिक उजुरी गरिएको छ। नेपालस्थित आफन्तलाई पनि जानकारी दिइएको छ। उनीहरुले पाण्डेले ‘केही दिन सम्पर्कमा नहुन सक्छ’ भनेर फोनमार्फत जानकारी दिएको बताएका छन्। तर त्यसयता कुनै सम्पर्क नभएको जनाइएको छ।

दूतावासले घटना थाहा पाउनासाथ स्थानीय प्रहरीसँग समन्वय गरी खोजबिन तीव्र बनाएको पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले जानकारी दिएका छन्। उनका अनुसार दूतावास पाण्डेको अवस्थाबारे यथाशीघ्र पत्ता लगाउने प्रयासमा जुटिरहेको छ।

पाण्डे दुई वर्षअघि क्रोएसिया हुँदै पोर्चुगल प्रवेश गरेका थिए र सिन्ट्रास्थित एक प्याकिङ कम्पनीमा कार्यरत थिए। घरमा उनका वृद्ध बुबाआमा र दिदीबहिनी रहेका छन्। परिवारले उनलाई यथाशीघ्र फेला पार्न सरकार र सम्बन्धित निकायलाई हार्दिक अनुरोध गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *