|
२०८२ कार्तिक १
काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानीका विभिन्न संवेदनशील क्षेत्रमा भेला, धर्ना, जुलुस, अनशन र प्रदर्शनजस्ता विरोधका कार्यक्रम आगामी दुई महिनासम्मका लागि निषेध गर्ने निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा शुक्रबार जारी आदेशअनुसार, पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन नपाइनेछ।
आदेशमा भनिएको छ, “विरोधका कार्यक्रमबाट उत्तेजित भीडद्वारा तोडफोड, आगजनी, मुठभेड, हुलदङ्गा वा सार्वजनिक अशान्ति सिर्जना हुन सक्ने सम्भावनालाई ध्यानमा राखी यस्तो निर्णय गरिएको हो।”


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्