नेपाल एयरलाइन्सको विमान सिलिण्डर लिन ओमान तर्फ प्रस्थान

DaksuMedia दाक्सु मिडिया
|
२०७८ जेष्ठ १

काठमाडौं । नेपाली दूतावास ओमानको सहकार्य र गैरआवासीय नेपाली संघको सहयोगको रुपमा प्राप्त हुने करिब ६०० थान अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्सको विमान ओमान तर्फ प्रस्थान गरेको छ।

नेपाल एयरलाइन्सका महाप्रबन्धक डिम प्रकाश पौडेलले जानकारी दिए अनुसार शनिबार ओमानको राजधानी मस्कटको लागि विमानले उडान भरेको हो।

बिहान साढे ७ बजे उडेको उक्त विमान शनिबार साँझ ६:४० मा नेपाल अवतरण भए पश्चात शनिबार साँझ नै चीनको बेईजिङको लागि पनि प्रस्थान गर्ने छ । बेइजिङमा करिब ४०० थान अक्सिजन कन्सर्नटेटर, ४०० थान सिलिन्डर र अन्य चिकित्सा सामग्री लिनको लागि विमान पठाउन लागिएको पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *