विमान दुर्घटनाको शिकार अमेरिकी अभिनेता

DaksuMedia दाक्सु मिडिया
|
२०७८ जेष्ठ १७

१७ जेठ । टार्जनको भूमिका खेलेका अमेरिकी अभिनेता जो लारा र उनको श्रीमती गोवेन श्याम्लिन लारा लगायत अन्य सात व्यक्तिको विमान दुर्घट्नामा मृत्यु भएको छ।

संयुक्त राज्य अमेरिकाको नेभभिल शहर नजिकैको तालमा यो दुर्घटना भएको स्थानीय अधिकारीहरूले बताएका छन्। विमानमा रहेका अन्य यात्रुहरुको पनि मृत्यु भएको आशंका गरिएको छ।

रदरफोर्ड काउन्टी फायर एण्ड रेस्क्यु (आरसीएफआर) ले एक सामाजिक सञ्जालको पोस्टमा रिपोर्ट गरे अनुसार एउटा सानो व्यापार जेट शनिबार बिहान ११ बजे दुर्घटनाग्रस्त भएको थियो। उक्त विमानले स्मिर्नाको रदरफोर्ड एयरपोर्टबाट फ्लोरिडाको पाम बीचको लागि उडान भरेको थियो। दक्षिणी नेस्भिलेबाट करिब १२ किलोमिटरको दूरीमा अवस्थित पर्सी प्रिस्ट तालमा उक्त विमान दुर्घटनाग्रस्त भएको थियो।

घटनाको बारेमा सूचना पाए पश्चात मात्र खोजी अभियान सुरु गरिएको खोज अपरेशन आरसीएफआरका कमाण्डरले जानकारी दिए। आरसीएफआरले जनाए अनुसार विमानको मलबेका साथै केही शरीरका टुक्राहरू पनि भेटिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *