|
२०८२ आश्विन ३०
काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा नेपालले ओमानलाई ३८ रनले पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ।
नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले २० ओभरमा ९ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो।
नेपालका लागि कुशल भुर्तेलले ६९ रन बनाए भने गुल्शन झाले ३ विकेट लिए। यस जितसँगै नेपाल ४ खेलमा ८ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ। नेपालले अब शुक्रबार सामोआसँग खेल्नेछ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्