कालिमाटी बजारमा तरकारी र फलफूलको थोक मूल्य सार्वजनिक

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ३०

बिहीबार — कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको थोक मूल्य सार्वजनिक गरेको छ। भारतीय गोलभेंडा रु ७०, लोकल सानो गोलभेंडा रु ४५, आलु रातो (भारतीय) रु ३५, प्याज (भारतीय) रु ३५ मा तोकिएको छ।

फलफूलमा स्याउ (फुजी) रु ३००, अनार रु ३५०, सुन्तला रु १६०, केरा (दर्जन) रु १२० तोकिएको छ।

सागसब्जीमा पालुंगो साग रु २५०, रायो साग रु २००, तोरीको साग रु १००, भिन्डी रु १६०, ब्रोकाउली रु २५० प्रतिकिलो कायम गरिएको छ।

माछा र च्याउको मूल्य पनि तोकिएको छ — ताजा माछा (रहु) रु ३४०, राजा च्याउ रु ३०० र सिताके च्याउ रु १००० प्रतिकिलो कायम गरिएको छ।

थोक मूल्य न्यूनतम र अधिकतम दरसहित निर्धारण गरिएको हो, जसको आधारमा व्यापारी र उपभोक्ता दुवैलाई मूल्यको पारदर्शिता मिल्ने समितिको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *