बुधबार कारोबारसँगै घट्यो सेयर बजार

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २९

काठमाण्डौँ । बुधबार सेयर बजारमा कारोबार रकमसँगै नेप्से परिसूचक घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २२.५८ अंक घटेको हो । सो गिरावटपछि नेप्से २५०५ अंकमा झरेको छ ।

आज नेप्से २४९९ अंकसम्म झरेकोमा अन्तिम एक मिनेटमा ६ अंक सकारात्मक देखियो । कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ३ अर्ब ३६ करोडको कारोबार भएकोमा आज ३ अर्ब १० करोडको भयो ।

४० कम्पनीको मूल्य बढ्दा २०६ को घट्यो भने पाँचको स्थिर रह्यो । म्युचुअल फन्डबाहेक सबै समूहका सूचक घटेका छन् । म्युचुअल फन्ड ०।२४ प्रतिशत बढ्यो । व्यापार सबैभन्दा धेरै २। ०९ प्रतिशत घट्यो ।

बैंकिङ ०.५४, विकास बैंक १.१४, फाइनान्स १।१०, होटल तथा पर्यटन १.०६, हाइड्रोपावर १.१८, लगानी ०.९८, जीवन बीमा ०.७५, उत्पादन तथा प्रशोधन ०.३९, माइक्रोफाइनान्स ०.५६ प्रतिशत घटे । त्यस्तै निर्जीवन बीमा ०.६५ र अन्य समूह १.२२ प्रतिशत घटे ।

समता घरेलु लघुवित्तको मूल्य सबैभन्दा धेरै ६.९३ प्रतिशत बढ्यो । क्रेस्ट माइक्रोलाइफको ३.६२ तथा मातृभूमि लघुवित्तको ३.१३ प्रतिशत बढ्यो । दुई कम्पनीको मूल्य १० प्रतिशत घटेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *