कैलालीमा युवकको विभत्स हत्या

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २५

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–८ मा खाजा खानेक्रममा विवाद भएपछि २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या गरिएको छ।

हत्या आरोपमा संलग्न बलबहादुर बि.क. (१८) र गंगा बुढा क्षेत्री (१९) टाउको बोकेर राति नै इलाका प्रहरी कार्यालय सुखडमा आत्मसमर्पण गरेका छन्।

ती युवकहरू मदिरा सेवनपछि आपसी झगडामा उत्रिएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *