घरायसी विवादले निम्त्यायो मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २२

नुवाकोट, असोज २२ – नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका–७ मा घरायसी विवादका क्रममा एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेका छन्। ४९ वर्षीया सविना तामाङको खुकुरी प्रहारबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

प्रहरीका अनुसार मङ्गलबार साँझ जीतमान तामाङले घरेलु विवादको क्रममा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका हुन्। घटनाबारे जानकारी पाएपछि प्रहरीले अभियुक्त तामाङलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) विक्रम लामाका अनुसार तामाङले हत्या गरेको स्वीकार गरेका छन्। उनले आवेशमा आएर यस्तो कदम चालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *