|
२०८२ आश्विन २१
काठमाडौं, असोज २१ –काठमाडौं जिल्ला प्रहरी परिसरले मृतकका चार परिवारले दिएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्धका जाहेरीहरू जाँचबुझ आयोगमा पठाएको छ।
परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार भदौ २३ र २४ मा भएका घटनासम्बन्धी सबै निवेदन आयोगको कार्यक्षेत्रमा पर्ने भएकाले त्यहीँ पठाइएको हो। मृतकहरू पुरूषोत्तम खतिवडा, ईश्वर अधिकारी, गणेश चौलागाईं र अमेरिकाकुमारी चौधरीका परिवारले मानवता र राज्यविरुद्धको कसुरको आरोप लगाउँदै जाहेरी दिएका थिए।
जाहेरी सोमबार दिइएको भए पनि प्रहरीले तत्काल दर्ता नगरेपछि परिवारहरू राति अबेरसम्म परिसरमै बसेका थिए। त्यसपछि उच्चस्तरीय छलफल गरी जाहेरी आयोगमा पठाउने निर्णय भएको हो।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्