|
२०८२ आश्विन २१
काठमाण्डौँ । सरकारले हालैको बाढी–पहिरोबाट घरबास गुमाएकालाई तत्काल अस्थायी आवास निर्माणका लागि अनुदान दिने निर्णय गरेको छ ।
मंगलबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले यस्तो निर्णय गरेको हो । उक्त निर्णय अनुसार घरबास गुमाएका परिवारले सरकारबाट पहिलो र दोस्रो किस्तावापत २५ २५ हजार गरी तत्काल राहत अनुदान पाउने भएका हुन् ।
प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकले बाढी–पहिरोबाट घरबास गुमाएकालाई अस्थायी आवास निर्माणका लागि अनुदान दिनेसहित ७ निर्णय गरेको हो ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्