कोशी प्रदेशमा बाढी र पहिरोले ४४ जनाको ज्यान गयो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २०

काठमाडौँ । अविरल वर्षाले कोशी प्रदेशमा बाढी र पहिरोको ठूलो प्रभाव परेको छ।

सोमबार बिहानसम्म ४४ जनाको ज्यान गएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

इलाममा सबैभन्दा धेरै ३७ जनाको मृत्यु भएको छ भने पाँचथर, मोरङ, सुनसरी, उदयपुर र खोटाङमा समेत जनधनको क्षति भएको छ।

सप्तकोशीको बहाब केही घटे पनि नदी किनारका बस्तीहरू अझै जोखिममा छन्। स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *