|
२०८२ आश्विन १९
१९ असोज, काठमाडौं । हालको निरन्तर वर्षाका कारण काठमाडौं उपत्यका र पूर्वी नेपालका सातवटा प्रमुख नदी तथा खोलामा बाढीको खतरा बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार खोकनास्थित बाग्मती नदीमा पानीको सतह खतराको तह पार गरिसकेको छ। यद्यपि काठमाडौं उपत्यकामा अहिले पानी पर्न रोकिएकाले बाग्मतीको पानीको तह स्थिर रहेको जनाइएको छ।
त्यस्तै, सप्तकोशी नदीको चतरास्थित जलमापन केन्द्रमा समेत बाढीले खतराको तह पार गरेको छ। साथै, अरुण नदीको सिम्ले, सुनकोशी नदीको खुर्कोट, तमोर नदीको मुलघाट र त्रिवेणी क्षेत्रमा पनि पानीको सतह खतराको सीमाभन्दा माथि पुगेको महाशाखाले जनाएको छ।
बाढी पूर्वानुमान महाशाखाले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन, आवश्यक सावधानी अपनाउन र आधिकारिक निकायबाट जारी सूचनालाई पालना गर्न आग्रह गरेको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्