|
२०८२ आश्विन १९
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यका र बागमती प्रदेशमा ठूलो वर्षाको सम्भावना नरहेको जनाएको छ।
मौसमविद् डेभिड ढकालका अनुसार शुक्रबारदेखि सक्रिय रहेको पानी पार्ने प्रणाली क्रमशः पूर्वतिर सर्दै गएको छ र आज साँझसम्म पूर्वी भूभागबाट समेत बाहिरिने अपेक्षा गरिएको छ।
उनले उपत्यकासहित बागमती क्षेत्रमा लगातार वर्षा हुने सम्भावना नरहेको उल्लेख गर्दै २४ घन्टाभित्र ५० देखि १०० मिलिमिटरसम्मको भारी वर्षा पनि सम्भावना नभएको स्पष्ट गरे।
नेपालमा मनसुन प्रणाली सक्रिय रहँदा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायु र भारतको उडिसा राज्य आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण काठमाडौंदेखि झापासम्म विगतमा भीषण वर्षा भएको थियो।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्