डोटीमा प्रहरी जवान मृत फेला: टाउकोमा गम्भीर चोट, अनुसन्धान जारी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १८

डोटी — डोटी जिल्लामा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्।

शुक्रवार मध्यरात शिखर नगरपालिका–८, तिलताली घर भई नेपाल प्रहरीको जवान पदमा कार्यरत शङ्कर बलायर गोपघाट भन्ने स्थानमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

मध्यरात १२:१५ बजे एक व्यक्ति लडेको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थलमा बलायरको शव फेला परेको हो। प्रहरीका अनुसार उनको टाउकोमा गम्भीर चोट देखिएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *