युवा सङ्घद्वारा निर्वाचनमा सहयोगको प्रतिबद्धता

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १४

काठमाडौं, असोज १४ – राष्ट्रिय युवा सङ्घ नेपालले प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण, भयरहित र निष्पक्ष रुपमा सम्पन्न गराउने सरकारको प्रयासमा सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

सङ्घका अध्यक्ष क्षितिज थेबेले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै वर्तमान सरकारको मुख्य उद्देश्य निर्वाचनको सफल आयोजनामा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्। उनले युवाहरुको संगठनका हैसियतले लोकतान्त्रिक अभ्यास सुदृढ पार्न सकारात्मक भूमिका खेल्ने बताएका छन्।

उनले हाल चर्चामा रहेको जेनजी समूहले उठाएका मागप्रति सङ्घ गम्भीर र सजग रहेको स्पष्ट पार्दै, ती माग समाधान गर्न सरकार जिम्मेवार हुनुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *