एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार बढी उत्तीर्ण

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ११

भक्तपुर, ११ असोज — राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार, पूरक परीक्षामा सहभागी भएका एक लाख ४३ हजार २५७ मध्ये ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन्।

बाँकी ५९ हजार ६९३ जना परीक्षार्थी भने अनुत्तीर्ण (अवर्गीकृत) भएका छन्।

यस पूरक परीक्षा गत वैशाखमा सम्पन्न वार्षिक परीक्षामा दुई विषयसम्म अनुत्तीर्ण (नन ग्रेडेड) भएका वा परीक्षामा अनुपस्थित रहेका विद्यार्थीहरूका लागि सञ्चालन गरिएको थियो। परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. Brielle2070

    September 27, 2025

Leave a Reply

Your email address will not be published. Required fields are marked *