माओवादी केन्द्र स्थायी समिति बैठक: महाधिवेशन तयारी र केन्द्रीय समिति पुनर्गठन एजेन्डामा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ८

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बस्दैछ। बैठकमा हालैको जेनजी विद्रोहपछिको राजनीतिक अवस्थासँगै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अघि सारेको केन्द्रीय समिति विघटन र विशेष महाधिवेशन आह्वान सम्बन्धी प्रस्तावमाथि छलफल हुने भएको छ।

पार्टीका सचिव देवेन्द्र पौडेलका अनुसार बैठकमा मङ्सिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव, महाधिवेशन तयारी, समसामयिक राजनीतिक परिस्थिति, र संगठनात्मक विषयमा गम्भीर छलफल हुनेछ।

यस्तै, बैठकले भोलि (बिहीबार) बस्ने केन्द्रीय समितिको बैठकका एजेन्डा पनि तय गर्ने बताइएको छ। यसअघि असोज ५ गते बसेको पदाधिकारी बैठकमा प्रचण्डले वर्तमान केन्द्रीय समिति विघटन गरी नयाँ संरचनासहित महाधिवेशनमा जाने प्रस्ताव राखेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *