सरकार निष्पक्ष निर्वाचन र सेवा सुधारमा प्रतिबद्ध : मन्त्री खरेल

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ७

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनमा सबै नागरिकले भाग लिन पाउने सुनिश्चित वातावरण निर्माण गर्नु सरकारको प्रमुख दायित्व भएको बताएका छन्।

मंगलबार हेम–सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित बनाउन सरकारले आवश्यक सम्पूर्ण तयारी गरिरहेको जानकारी गराए।

मन्त्री खरेलले निर्वाचन आयोगलाई आवश्यक सहयोग र व्यवस्थापनमा सरकारले कुनै ढिलाइ नगर्ने स्पष्ट पारे। उनले जेनजी आन्दोलनको क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिको यथार्थ विवरण संकलन गरी दोषीमाथि छानबिन गरिने सरकारको प्रतिबद्धता पनि दोहोर्‍याए।

साथै, मन्त्री खरेलले सरकार सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै भ्रष्टाचार नियन्त्रणमा कडा कदम चाल्न तत्पर रहेको जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *