प्रधानमन्त्री बाहेक अहिलेसम्म २६ सांसदमा संक्रमण पुष्टि

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख २५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कोभिड पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको छ । हिजो बालुवाटारमा गरिएको एक सय बढीको परीक्षणमा एक दर्जन जतिलाई कोरोना देखिएको बालुवाटार स्रोतले जनाएको छ ।

त्यस्तै संसद सचिवालयले गरेको १२ सय ३५ जनाको पीसीआर परीक्षणमा १२ प्रतिशतलाई संक्रमण भएको संसद सचिवालय स्रोतले जनाएको छ । यही बैशाख २२, २३ र २४ गते गरिएको परीक्षणमा प्रतिनिधिसभाका १८ र एक जना राष्ट्रिय सभाका १ गरी १९ जना सांसदलाई कोरोना देखिएको छ ।

त्यसैगरी अहिलेसम्म २६ सांसद संक्रमित छन् ।हाल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महतो, मुकुन्द न्यौपाने, मायादेवी न्यौपाने, पार्वती डिसी चौधरी, राजेन्द्रप्रसाद गौतम, नन्दलाल रोका क्षेत्री, लालबाबु पंडिट, लक्ष्मणलाल कर्ण, नरमाया ढकाल, रामबाबु यादव, गोपालबहादुर बम, नमिता कुमारी चौधरी, शान्तिमाया तामाङ पाख्रिन रहेका छन् ।

त्यसैगरी विनाकुमारी श्रेष्ठ, रेनुका गुरुङ, रघुवीर महासेठ, किसान श्रेष्ठ, सुरेशकुमार राई, पुष्पाकुमारी कर्ण कायस्थ, झलनाथ खनाल, बीना मगर, भरतकुमार शाह, प्रमोद शाह, दीपकप्रकाश भट्ट र महेश बस्नेतलाई कोरोना लागेको छ ।बाँकी एक सय ४१ जना संक्रमितहरु संसद सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार, आईसीसी कर्मचारी तथा अन्य रहेका छन् ।

आज ५४ जना सांसदको पीसीआर संकलन गरिएको छ । प्रधानमन्त्रीले सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिनका लागि गरिएको परीक्षणमा यतिठूलो संख्यामा संक्रमित थपिएका हुन् । संक्रमित सांसदले पनि मतदान भने गर्न पाउने संसद सचिवालयले जनाएको छ ।

भोलि बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकले संक्रमित सांसदहरूका लागि मतदानको व्यवस्था गर्ने प्रक्रियाबारे निर्णय गर्ने संसद सचिवालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *