|
२०८२ भाद्र ३१
काठमाडौं, भदौ ३१ – नेकपा एमाले स्थायी कमिटी सदस्य महेश बस्नेतले काठमाडौं उपत्यकामा ठूलो संख्यामा युवाको सहभागिता रहने विशेष कार्यक्रमको घोषणा गरेका छन्।
मंगलबार आगजनी गरिएको पार्टी कार्यालयमा आयोजित सभालाई सम्बोधन गर्दै उनले भोलि र पर्सि (बुधबार–बिहीबार) भित्रै “१० औं हजार” युवाको भिड उतार्ने उद्घोष गरे।
“के हो एमाले? के हो युवा संघ?” भन्ने देखाउने कार्यक्रम हुँदैछ, उनले भने।
उनका अनुसार कार्यक्रममार्फत एमाले, युवा संघ, अखिल र अनेमसंघ कमजोर नभएको सन्देश दिने तयारी छ।
बस्नेतले अब टोल-टोलको सुरक्षा जिम्मा पनि एमाले कार्यकर्ताले लिने बताएका छन्।
यस्तै, संविधान दिवस (असोज ३) मा अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरूको उपस्थितिमा अर्को भव्य कार्यक्रम हुने जानकारी दिए।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्