|
२०८२ भाद्र ३१
इनरुवा (सुनसरी), ३१ भदौ । सुनसरीको झुम्का कारागारबाट भदौ २४ गते भागेका १,५७२ मध्ये सोमबार साँझसम्म ७०५ जना कैदीबन्दी पक्राउ परेका छन्।
‘जेनजी’ प्रदर्शनपछि उत्पन्न तनावका कारण कैदीबन्दी भागेका थिए। भीडको दबाब र भित्रको आगलागीको धम्कीका कारण सुरक्षामा खुकुलोपन आएको प्रहरी उपरीक्षक सुमनकुमार तिम्सनाले जानकारी दिए।
भागेकामध्ये सबै ६५ जना भारतीय कैदी पनि परेका छन्। बाँकीको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्