|
२०८३ बैशाख ३
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर अञ्जन विष्ट सिक्किमको क्लब थन्डर बोल्ट्स नर्थ युनाइटेडमा अनुबन्ध भएका छन्।
नेपाली राष्ट्रिय टोलीको जर्सीमा १३ गोल गरेका अञ्जनको यो पाँचौं तथा तेस्रो भारतीय क्लब हो । अञ्जनले यसअघि भारतको केन्क्रे एफसी र रियल कश्मिरबाट खेलिसकेका छन् । बंगलादेशको फोर्टिस एफसी र ब्रदर्श युनाइटेडबाट पनि उनले खेलेका छन् ।
अञ्जन पछिल्लो समय न्युरोड टिम (एनआरटी) मा अनुबन्ध थिए। तर, राष्ट्रिय लिग बिचमै रद्द भएपछि उनी क्लबविहीन थिए ।
थन्डर बोल्ट्सले सिक्किम प्रिमियर लिग खेल्दै आएको छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्