रूसको कामचटकामा ७.४ म्याग्निच्युडको भूकम्प

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २८

शनिबार रूसको कामचटका तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण अनुसार भूकम्प पेट्रोपाभ्लोभ्स्क-कामचत्स्कीबाट १११ किमी पूर्वमा, ३९.५ किमी गहिराइमा गएको हो।

सुरुमा ७.५ म्याग्निच्युड बताइएको भए पनि पछि परिमार्जन गरेर ७.४ गरिएको छ। प्रशान्त सुनामी चेतावनी केन्द्रले केन्द्रबिन्दुबाट ३०० किमी भित्र खतरनाक छालहरू आउने सम्भावना जनाएको छ।

हालसम्म कुनै हताहतको जानकारी छैन। जुलाईमा पनि यस क्षेत्रमै ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *